देशको नीति भन्दा बाहिर गएर काम गरेमा स्वीकार्दैनौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय नीति भन्दा बाहिर गएर कसैले काम गरेमा स्वीकार गर्न नसक्ने बताएका छन् ।

नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा सोमबार काठमाडौंको नागपोखरीमा आयोजित ‘नेपालमा परराष्ट्र नीतिबारे संवाद’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले भौगोलिक अवस्था र भू–राजनीतिलाई नबिर्सिएको बताए ।

“हामीले हाम्रो भौगोलिक अवस्था र भू–राजनीतिलाई बिर्सिएका छैनौं”, उनले भने, “भूराजनीतिको नाममा सत्ता स्वार्थी, सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने, राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुने जस्ता स्तरहीन काम गर्दैनौं । नेपालको राष्ट्रिय नीतिभन्दा बाहिर गएर कसैले काम गर्छ भने हामी स्वीकार्दैनौँ ।”

नेपाल एउटा जिम्मेवार, विश्व शान्ति र न्यायको पक्षधर रहेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा अडान नलिएर भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम आफूबाट नहुने बताए ।

प्रतिक्रिया