वीरगञ्ज भन्सारद्वारा ६ महिनामा ८० अर्ब राजस्व सङ्कलन
वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रू एक खर्ब चार अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सवारीसाधन र पेट्रोलियम पदार्थमा आयात बढेसँगै राजस्व सङ्कलनमा सुधारोन्मुख रहेको बताए ।
वीरगञ्ज भन्सारले चालु आवको साउन महिनामा रू १२ अर्ब १५ करोड राजस्व सङ्कलन ग¥यो । त्यसैगरी, भदौमा रू १३ अर्ब ४२ करोड, असोज महिनामा रू १३ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी, कात्तिकमा रू ११ अर्ब १० करोड, मङ्सिरमा भने रू १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो । पुसमा चालु आवकै सबैभन्दा धेरै अर्थात् रू १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले चालु आवको छ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३६ दशमलव ५६ प्रतिशत राजस्व सङ्कलन गरेको हो । भन्सार विभागले कार्यालयका लागि वार्षिक रू दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ ।
त्यसैगरी, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालु आवको छ महिनाको अवधिमा रू २३ अर्ब ३४ करोड ३३ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
![सत्कर्मका लागि राज्य र संस्था जोडिनुपर्छ : मुख्यमन्त्री शाह](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_20250201_155426_iZ9isvmH46_dl1dmdxhtuirpm9psufwpsbcp0d3mpebtcbethaphx2gul0wtdqek0xwidtw_0RqKCtupgB_1dkemshzit1jtl5pfjvz6azaulzkuwwyvvqquqctbxfm1owlsvqklzwp0dur_YS5VvmcEDl_4lsdephnxoqoeby5b1w7wlyfx5iuvqx4icmm0sucepnxuwdbr1odud2tlph1_lxlC9DJGQK_6aq6omecwwq2pbjnxv5tynx6kzmanxypjq8fovqfhwyzsk4vsmyrzglv7fb4.jpg)
सत्कर्मका लागि राज्य र संस्था जोडिनुपर्छ : मुख्यमन्त्री शाह
![बाँदरको बन्ध्याकरणका लागि आवश्यक कानून बनाउन विज्ञको सुझाव](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_20250201_155426_iZ9isvmH46_dl1dmdxhtuirpm9psufwpsbcp0d3mpebtcbethaphx2gul0wtdqek0xwidtw_0RqKCtupgB_1dkemshzit1jtl5pfjvz6azaulzkuwwyvvqquqctbxfm1owlsvqklzwp0dur_x6VZumSKGn_sbmc2tlznhojv6v3g6ompjj1krkzxtwjbeoq1jyruk5rxof08mn1fxsnuulm_llwRRbUX5D_vmy2dvqhjqv3bjfrko11c0auq7obuq7iojlghkunixu2kqcmfrlq293ubyry.jpg)
बाँदरको बन्ध्याकरणका लागि आवश्यक कानून बनाउन विज्ञको सुझाव
![हेलिकप्टरमार्फत सुत्केरीको उद्धार](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_20250201_155426_iZ9isvmH46_dl1dmdxhtuirpm9psufwpsbcp0d3mpebtcbethaphx2gul0wtdqek0xwidtw_0RqKCtupgB_1dkemshzit1jtl5pfjvz6azaulzkuwwyvvqquqctbxfm1owlsvqklzwp0dur_N6c6poJEMf_md7bnlmwbngcrjspvmnye3ttpnbi9bdgujvdqcyftndgwnrsylcatica99ki_BVYuqHfqEf_2svj7ms7pxpja30frzvgmw2uddpbzhia50ie19rhfei1ui2l6qgvfltlom46.jpg)
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
![स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौँ : मन्त्री पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/photo%2520minisre%2520paudel_lTfIQZ2Bt4_vx4p4mjb2ri3vnhape6rnergnmbu83tej22xcplnm0q1bsfy6keq8xy66pww_xubdiwHXei_27hrszdgcamndcouly2rzy27honscfpc8h4i71yrbvxhmeswygyhfa28ddst.jpg)
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौँ : मन्त्री पौडेल
![दुवै सदनबाट अध्यादेश पारित हुने सत्तापक्षको विश्वास](https://snowberry.prixacdn.net/media/gallery_folder/GopalDahal_KTM_RSS_23(1)_TwqdPpZZfU_vzjipnq1h4puod3wswuoxvzlb99stdvwevmjbvf08vbyjzqdkr9hj8pmcijn_WaR8M6o3C7_tbtfavjj6fgmxrzn4orxeoa8qj2onlrsmpu2xe8xoicvgxqpjc9amuijymdg.jpg)
दुवै सदनबाट अध्यादेश पारित हुने सत्तापक्षको विश्वास
राप्रपाको युवा संगठनको महाधिवेशन आगामी चैतमा हुने
संसद बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय
![सरकारले ल्याएका अध्यादेश बिहीबारको संसद् बैठकमा प्रस्तुत गरिने](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_7133_d7uo0T2YnN_wvmxb9ghy3chnozs3yfhdookjc70h7hcaquu1pwuj6mvoxuwgghhmbflfcs6_eVgmpsPogW_ta4jx6qwrmjbrjz72i8ew25sp2os2irz4z5gmq5tddf4iy47og7bt90odgdd.jpg)
प्रतिक्रिया