यू–१९ टी २० महिला विश्वकप क्रिकेट नेपालले आज स्कटल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी उन्नाइस बर्ष मुनि यू–१९ टी २० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे मलेसियामा शुरु हुनेछ ।
आफ्नो पहिलो खेलमा पराजित दुवै टोली पुनरागमनको प्रयासमा हुनेछन् । समूहको अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग खेल्नु पर्ने हुँदा यो खेलमा हार बेहोरे नेपाल बाहिरिने खतरा रहेकाले आजै जित्नुपर्ने बाध्यता छ । विश्वकपमा डेब्यू गरेको नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अर्को तर्फ स्कटल्यान्ड, अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो ।
प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्ति एउटा खेल जित्नुपर्छ। समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् । आजै हुने यही समूहको पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेश भिड्ने छन् । समूह ‘डी’मा दुवै टोली अंकविहीन छन् । नेपाल नेट रन रेटको आधारमा तेस्रो र स्कटल्यान्ड पुछारमा छ । २ अंक सहित अस्ट्रेलिया शीर्ष स्थानमा छ भने समान अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ ।
प्रतिक्रिया