सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
काठमाडौं । मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ । वीरेन्द्रनगरको फोरलेन सडक खण्डको यरिचोक–मुलपानी खण्डको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेख आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो । उनी हाल वीरेन्द्रनगर–३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्दै आएका थिए । दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली कियर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै फरार भएका मोटरसाईकल चालकको खोजी भइरहेको छ । आफन्तले ठक्कर दिने मोटरसाइकलको पहिचान गरी चाकललाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै कर्णाली केयर अस्पताल अगाडी र गोकुल कटेज नजिकैको फोरलेन सडक अवरुद्ध गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिकै रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ बर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन् । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बालक कक्षा २ मा अध्ययनरत थिए । शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शवरु आफन्तहरुले उठाउन दिएका छैनन् । घटना शंकास्पद रहेको भन्दै शव उठाउन नदिइएको प्रहरीले जनाएको छ । आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । आफन्तले घटनाको छानबिन गर्नुपर्ने माग गर्दै तोडफोडमा उत्रिएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ । प्रदेश प्रहरी कार्यालयले पनि घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले संचालक समितिलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया