चीन र अमेरिका भ्रमण फलदायी भएको प्रधानमन्त्रीको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् । शनिवार अमेरिका र चीन भ्रमण पूरा गरी स्वदेश फर्किएसँगै त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले हवाई उडानका विषयमा सकारात्मक छलफल भएको बताएका हुन् । उनले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा पनि छलफल भएको बताए । प्रधानमन्त्री दाहालले दुई देशबीच भएको समझदारीहरुलाई अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको पनि जानकारी दिए ।
प्रधानमन्त्री दाहालले नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण शुरु गर्ने सहमति भएको पनि बताए । उनले स्याँप्रुबेसी–रसुवागढी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएको पनि जानकारी दिए । प्रधानमन्त्री दाहालले चीनसँग टोखा—छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तिब्र गतिका साथ अघि बढाउने, काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तिब्रता दिने सहमति भएको पनि उल्लेख गरे । उनले नेपाल—चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्ने लगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको पनि बताए ।
प्रधानमन्त्री दाहालले अमेरिका भ्रमणमा नेपाल लगायत अतिकम विकसित देशहरुले दिगो विकासका लक्ष्यहरुको प्राप्तिमा भोगेका समस्या र त्यसको समाधानका लागि दोहा कार्ययोजनालाई मूर्त रुप दिन र विकास साझेदारबाट श्रोत साधन र प्राविधिक सहयोग हुनुपर्नेमा विशेष जोड दिएको पनि बताए ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया