आन्दोलनरत् चिकित्सकको माग तत्काल सम्बोधन गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले आन्दोलनरत चिकित्सकहरुको माग वार्तामार्फत तत्काल सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी समिति सदस्य डा. तोषिमा कार्कीलाई दिएको छ ।
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको अभाव परिपूर्ति गर्न सरकारले काम गरिरहेको बताए । उनले दरबन्दी नबढाएसम्म स्वास्थ्य क्षेत्रको समाधान गर्न सकिने अवस्था नरहेको पनि स्पष्ट पारे । अहिलेकै दरबन्दी कायम रहे जतिसुकै कडा कानून ल्याएपनि समस्या समाधान गर्न नसकिने उनको भनाइ छ ।
बैठकमा सांसदहरुले चिकित्सकहरुमाथि हातपात गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया