यौनधन्दा बढदै गएपछि होटलका सञ्चालकविरुद्ध कारबाही शुरु
महोतरीमा यौनधन्दा बढदै गएपछि प्रहरीले होटलका सञ्चालकविरुद्ध कारबाही शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्सी गाउँपालिका–६ स्थित सम्सी बजारमा सञ्चालित संगम होटल एण्ड गेष्ट हाउसमा छापा मार्दा महिलाहरूलाई यौन धन्दामा लगाइएको भेटिएपछि सञ्चालकहरुलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको हो । पक्राउ पर्नेमा गेष्ट हाउस सञ्चालक एवम् शिक्षक औरही नगरपालिका–६ का संजिव कुमार झा, भारत सितामढीका हरिद्वार यादव र गुलाब धुनिया रहेका छन् । उनीहरुहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसार कसुरमा मुद्वा दर्ता गरिएको र यौन धन्धामा लगाइएका युवतीलाई उद्दार गरी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
सो होटलमा अन्य विभिन्न जिल्लाका युवतीहरूले कल गर्लका रूपमा काम गर्ने गरेको प्रहरीको दाबी छ । लामो समयदेखि यौन व्यवसाय सञ्चालन गरेर सामाजिक विकृत फैलाएको भन्दै स्थानीयले विरोध गरेपछि प्रहरीले होटल, लज र रेस्टुरेन्टमा छापा मार्ने क्रमलाई तिव्रता दिएको हो ।
प्रतिक्रिया