पुराना दललाई चार वर्षभित्र सुध्रन रवि लामिछानेको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का सभापति रवि लामिछानेले पुराना दललाई चार वर्षभित्र सुध्रन सुझाव दिएका छन् । उनले नसुध्रिए पुराना दललाई सिध्याइदिने चेतावनी दिएका छन् । आज सामाजिक सञ्जालमा एक विज्ञप्ती प्रकाशित गर्दै उनले राजनीतिको एउटा सटर त बन्द हुनै पर्ने बताएका हुन । चारबर्षअघि नै पेश्कीमा घन्टी बजाएर सचेत गराएको भन्दै सभापति लामिछानेले पुराना दलले मिसन २०८४ भनेको पटक्कै नसुहाएको टिप्पणी पनि गरेका छन् । उनले पुराना दललाई मिसन ८४ भन्न छाडेर ३३ वर्षमा गरेका गल्ती सुधार्न सुझाव पनि दिए । सभापति लामिछानेले पुराना सबै दलको संयुक्त सरकार बनाउन ती दललाई सुझाव दिएका छन् । देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो चार वर्षका लागि पुराना दल एकैठाउँमा उभिन सुझाव दिएका छन् । विगतका गल्ती मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरुलाई छुटाउने या बचाउने दलहरुको जिम्मा भएको उनको भनाइ छ ।

प्रतिक्रिया