एमसीसी प्रमुख एलिस आइतबाट काठमाडौँ आउने

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी की प्रमुख कार्यकारी अधिकृत सीईओ एलिस अलब्राइट आइतबार काठमाडौं आउने भएकी छन् । एमसीसीकी सीईओ एलिस काठाडौंमा पाँच दिनसम्म रहने कार्यतालिका छ । अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट एमसीसी कार्यान्वयनमा गएको छ । एमसीसीकी सीईओ एलिस यसैको कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले उनी द्विपक्षीय साझेदारी बढाउन र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा नेपाल भ्रमण आउन लागेको जानकारी दिएको छ । उनले प्रधानमन्त्री लगायत प्रमुख दलका नेतालाई पनि भेटने कार्यक्रम रहेको छ ।।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया