अस्वस्थर खानपान र जीवनशैलीले मुटुरोगको जोखिम

नेपालमा ७५ लाख मुटुरोगी भएको अनुमान

विश्व मुटु महासङ्घको आह्वानमा आज विश्वभर विश्व मुटु दिवस मनाइँदै छ । मुटुसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाउन लागिएको हो । मानिसको अस्वस्थकर जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको जोखिम बढिरहेको छ । त्यस्तै उमेर, तनाव, खानपान, अल्छीपनजस्ता कारणले पनि मुटुरोगको जोखिम बढ्दो छ । नियमित शारीरिक अभ्यास तथा शारीरिक श्रमपूर्ण काम नगर्ने प्रवृत्तिले मुटुरोगी बढ्दै गएको छ । अनिलले मिठो, मसलेदार, चिल्लो, स्वादिलो खाना मुटुका लागि अप्रिय रहेको चिकित्सक बताउछन । यीबाहेक चुरोट, खैनी, गुट्खा, रक्सी पिउने बानी त मुटुका लागि घातक हुने गर्दछन । अत्यधिक खानपिन र शारीरिक निष्क्रियताबाट विश्वका एक अर्ब मानिस बोसोका कारण ‘ओभर वेट’ समस्यामा परेको अनुमान छ । विश्वमा बर्सेनि एक करोड ८० लाख मानिस मुटुरोगका कारण मर्ने गर्छन् । तीमध्ये विकासोन्मुख राष्ट्रमा मुटुरोगबाट मर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा बढी छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कुल जनसङ्ख्याको २५५ अर्थात् करिब ७५ लाख मुटुरोगी भएको अनुमान छ । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्ट्रोल छ, १० प्रतिशतलाई मधुमेह रहेको छ ।  त्यस्तै १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोग छ । बर्सेनि एक हजार बालबालिका बाथ मुटुरोगका कारण मर्ने गर्छन् ।
 

प्रतिक्रिया