नेदरल्यान्ड्समा विद्यार्थीले गोली चलाउदा तीन जनाको मृत्यु
नेदरल्यान्ड्सको रोटरडम सहरमा दुईवटा गोलीबारीमा कम्तीमा तीन जनाको हत्या भएको छ । आक्रमणमा सग्लन बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार ३२ वर्षीय पुरुष आक्रमणकारीले घरमा आगजनी गर्नुअघि गोली चलाएका थिए । त्यसपछि उनले सहरको इरास्मस मेडिकल सेन्टरमा आक्रमण गरेका थिए । उनी अस्पतालसँग सम्बद्ध इरास्मस विश्वविद्यालयका विद्यार्थी रहेको बताईएको छ । पहिलो गोलीबारीमा ३९ वर्षीया एक महिला र उनकी १४ वर्षीया छोरीको मृत्यु भएको थियो । अस्पतालमा ४३ वर्षीय पुरुष प्राध्यापकको गोली हानी हत्या भएको छ । आक्रमणको कारण खुल्न बाँकी रहेको छ । नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटेले घटनाप्रति दुःख प्रकट गरेका छन ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया