नेदरल्यान्ड्समा विद्यार्थीले गोली चलाउदा तीन जनाको मृत्यु

नेदरल्यान्ड्सको रोटरडम सहरमा दुईवटा गोलीबारीमा कम्तीमा तीन जनाको हत्या भएको छ । आक्रमणमा सग्लन बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार ३२ वर्षीय पुरुष आक्रमणकारीले घरमा आगजनी गर्नुअघि गोली चलाएका थिए  । त्यसपछि उनले सहरको इरास्मस मेडिकल सेन्टरमा आक्रमण गरेका थिए । उनी अस्पतालसँग सम्बद्ध इरास्मस विश्वविद्यालयका विद्यार्थी रहेको बताईएको छ । पहिलो गोलीबारीमा ३९ वर्षीया एक महिला र उनकी १४ वर्षीया छोरीको मृत्यु भएको थियो । अस्पतालमा ४३ वर्षीय पुरुष प्राध्यापकको गोली हानी हत्या भएको छ । आक्रमणको कारण खुल्न बाँकी रहेको छ । नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटेले घटनाप्रति दुःख प्रकट गरेका छन । 
 

प्रतिक्रिया