प्रमुख सचेतकहरुको निष्कर्ष : संसद्लाई प्रभावकारी बनाउन एकजुट हुने

काठमाडौं । प्रमुख चार दलका प्रमुख सचेतकहरूको बैठकले संसद्लाई प्रभावकारी बढाउन सबै दलहरू एकठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रमुख समेतकहरुको बैठकले यस्तो निस्कर्ष निकालेको हो ।
सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरू छिटो–छरितो ढंगबाट कानुन निर्माणको तहमा पु¥याउन संसदीय दलहरूले भूमिका खेल्ने विषयमा छलफल भएको बताइएको छ ।
‘आजको बैठकमा हामीले विधेयक निर्माणका सन्दर्भमा कसरी अगाडि बढ्नसक्छौं । हामीले साझा ढंगबाट संसदभित्रका कामहरु कसरी प्रभावकारी बनाउन सक्छौं भन्ने विषयमा छलफल चलायौं,’ छलफलपछि एमाले प्रमुख सचेत महेश बर्तौलाले भने, “सामान्यतया हामी संसदीय काम र प्रक्रियाहरूका सन्दर्भमा समय समयमा छलफल गरेर विधेयकका सन्दर्भमा होस्, कन्टेन्टका सन्दर्भमा र अन्य विषयमा पनि एकमत निर्माण गरेर अगाडि बढ्ने गरेको इतिहास नै छ । र यो नियमित प्रक्रियाभित्र रहेर आज हामीले छलफल गरेका हौं ।”
सरकारले संसद्मा ल्याएका विधेयकह संसद्ले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई हल गरेर जान प्रमुख चार दलहरूबीच सहमति भएको पनि उनले जानकारी गरे ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।
प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)
निर्माणाधिन सडक योजनामा १६ करोड बजेट थप
तीस किलोको खुकुरी !
पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर

आजको मौसम : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
वन नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

कृषि ऐन ल्याउने सरकारको तयारी

प्रतिक्रिया