राज्य व्यवस्था सुशासन समितिले राष्ट्रिय परिचयपत्रको विषयमा गृहमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले आज गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछ । दिउँसो साढे १२ बजे बस्ने बैठकमा राष्ट्रिय परिचयपत्रको विषयमा छलफलका लागि गृहमन्त्रीलाई बोलाइएको हो ।
बिहीबार बसेको समितिको बैठकले शुक्रबार गृहमन्त्री लेखकलाई छलफल गर्न बोलाउने निर्णय गरेको थियो । राष्ट्रिय परिचयपत्रको नाममा नागरिकले पाएको हैरानीका विषयमा केन्द्रित रहेर गृहमन्त्रीसँग छलफल हुने समितिले जनाएको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ता लगायत क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जनताबाट समस्यामा परेको गुनासो आएको विषयमा समितिले छलफल गर्न लागेको हो । गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले ८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरी द्वारा अनुसन्धान शुरु

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया