मोहम्मद जन्मजयन्तीका अवसरमा वाजागाजा र झण्डासहित तराईमा मुस्लिम समुदायको ¥याली, लुम्बिनी र मधेशमा सार्वजनिक विदा
काठमाडौं । नेपालमा आज इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ति विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । जयन्तीका अबसरमा मुस्लिम समुदायको बसोबास रहेका क्षेत्रहरुमा बाजागाजा, झण्डा र सामाजिक सद्भाव तथा शान्तिको नाराका साथ ¥यालीहरु निकालिने गरिन्छ । मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदले दिएको ज्ञान र सन्देशको सबैले पालना गर्नुपर्ने सन्देश सहित लुम्बिनी, मधेस र कोशी प्रदेशका मुस्लिम बाहुल्य क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । मोहम्मद जयन्ती मनाउन लुम्बिनी र मधेस प्रदेशमा विदा दिइएको छ । कोशीमा केही स्थानीय तहले पनि विदा दिएका छन । इस्लामिक पात्रो अनुसार हिजरी सम्वतको रब्बी, अब्बल महिनामा विबि अमिनाको कोखबाट पैगम्बर हजरत मोहम्मदको जन्म भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष मुश्लिम समुदायले विविध कार्यक्रमको आयोजना गरी मोहम्मद जयन्ती मनाउने गर्दछन् । मोहम्मद डेमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन रहेको छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मद डेलाई इद मिला दुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ । नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद जयन्ती भनेर पनि मनाउने गरेको मुस्लिम अगुवाहरू बताउँछन् ।
प्रतिक्रिया