शिक्षा विधेयकलाई सरोकारवालासँग छलफल गरी टुंग्याउनुपर्ने माओवादीकोनिष्कर्ष
काठमाडौं । माओवादी केन्द्रले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भिरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको छ । त्यस्तै आन्दोलनरत राहत शिक्षकहरुसँग सम्वाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पु¥याउनुपर्ने माओवादीको निर्णय छ । सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन सबैमा अपिल समेत माओवादी केन्द्रले गरेको छ ।
प्रतिक्रिया