नेपाली बजारमा सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं । बिहिबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । 

आज अन्तर्राष्ट्रिय बजारमा एक आँैस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ ।
नेपाली बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु एक हजार दुइ सयले वृद्धि भइ रु एक लाख ५६ हजार छ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सोही परिमाणको सुन रु एक लाख ५५ हजार चार सयमा कारोबार भएको थियो ।  

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ५० ले बढेर एक हजार आठ सय ८० पुगेको छ । बुधबार एक तोला चाँदी रु एक हजार आठ सय ३० मा किनबेच भएको थियो । 

प्रतिक्रिया