इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता
एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ ।
यसको अर्थ विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको हो । अमेरिकाको बर्हिगमन जो बाइडन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दुवै पक्षले युद्धविराम प्रस्तावमा हस्ताक्षर गर्दै गाजा युद्धविराम र बन्धक रिहाई सहमति भएको जानकारी दिएका छन् । १५ महिना देखि भइरहेको युद्ध अन्त्य गर्नका लागि भएको सम्झौता आगामी आइतबार देखि लागू हुने छ ।
सम्झौता भए अनुसार हमासले पहिलो चरणमा ३४ जना इजरायली बन्धक रिहा गर्नेछ । यस्तै, युद्धविरामको १६ औं दिनमा सम्झौताको दोस्रो र तेस्रो चरणको लागि वार्ता शुुरू हुनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाज बाट इजरायली सेना फिर्ता गर्ने र हमासले बन्दी बनाएका सबै बन्धकहरूलाई रिहा गर्ने सर्त सहित पूर्ण युद्धविराम सम्झौता भएको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस द्वन्द्वका पीडित र प्रभावितको ठूलो पीडा कम गर्नु पहिलो प्राथमिकता रहेको भन्दै प्यालेस्टाइनीहरूलाई थप सहायता सामग्री तथा सहयोग बढाउने बताएका छन ।
हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा १ हजार २ सय मानिसहरूको ज्यान गएको थियो । २ सय ५१ जनालाई गाजामा बन्धक बनाएको थियो । ९४ जना अझै पनि हमासले बन्धक बनाएको छ जस मध्ये ३४ जनाको ज्यान गइसकेको अनुमान गरिएको समाचारमा उललेख छ ।
गते अक्टोबरमा हमासले गरेको आक्रमणको बदलामा इजरायलले गाजामा युद्ध शुरू गरेको थियो । यो युद्धमा अहिले सम्म ४६ हजार प्यालेस्टाइनीहरू मारिएका छन् ।

आगलागी बाट महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन : खानेपानी मन्त्रालय
अर्थतन्त्र सुधारका लागि पहल जारी : मन्त्री पौडेल

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_1PTL2z5t8W_8rbtroiknwzkjip74vueevtwamcatho29dk99k6rhlngojrhshf4crxay118.jpg)
प्रतिक्रिया