देउवाले बोलाए सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको बैठक
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फ बाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई आज छलफलका निम्ति बोलाएका छन् ।
देउवाले कांग्रेस तर्फका मन्त्रीहरूलाई आज बिहान ८ बजे बूढानीलकण्ठ स्थित आफ्नो निवासमा बैठकको लागि बोलाएका हुन् ।
मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नु परेका समस्याहरू बारे कांग्रेस नेतृत्वले जानकारी लिन लागेको हो । नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेस तर्फ बाट ८ जना मन्त्री छन् ।
मन्त्रीहरूको कामका विषयमा जनगुनासो बढेपछि देउवाले छलफलका निम्ति बोलाएको बताइएको छ ।
प्रतिक्रिया