यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा, साउथ कोरियनवन एक सयको खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ पाँच पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७ रुपैयाँ ७८ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५८ रुपैयाँ १६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ७१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
रासस
आजदेखि चितवनमा राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै
प्रतिनिधि सभाको बैठक आज दिउसो बस्दै
_1FVqqXhtC6_krcv5btkotxgq0iwchb7pltc11bo9pkzsrt4annjrnyg0zcn1nl7iy76bwai_qqkdvZ7NYc_fup82jo8olbmib8q1ggbqcvwgnrfcdizwxdtblua8tgzvjr7xxyivkxy9lws.jpg)
विकास-निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
_7qWviGRS96_h441sw1oyc2cbagpjrykxs4dlukdzprgqfuud9g7mczcbtjpqbowprfhvexq_0eKANxXOBR_lpdfmds8letpa5mnnwxcafuay6gpwiw99ijb45pvo9wxmakquetsyhgstqko.jpg)
सडक दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा …
दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा अमेरिका सहभागी नहुने
लिभरपुल काराबाओ कपको फाइनलमा, बार्सिलोना कोपा डेल रे’को अन्तिम चारमा
_b9W5QtIy0d_zkyaxqq2gb3lreviekav6jawhyfuhaj9lx1x2adjaro7sbajuexwfaga9fui_VCMNdcphPg_mgw1lb3zgnbquwbufoagenzmdke89zht1wgzmh7eh4ssqjca9mqpl3ntfgvz.jpg)
प्रतिक्रिया