सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीद्वारा आज पनि प्रदर्शन
चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले आजपनि माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध जनाएका हुन् ।
प्रदर्शनमा सहभागी चिकित्सकहरुले कुटपिटमा सग्लन दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मुकदर्शक बन्न नहुने बताएका छन । सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।
स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् । चिकित्सकहरुले आक्रमणको विरोधमा मंगलबारपनि प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया