चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासामा

प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज चीनको छिङछोङ सहरबाट ल्हासा पुगेका हुन् । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले आजै चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री दाहाल आज ल्हासामा नै बस्ने कार्यक्रम छ । तिब्बतमा रहँदा प्रधानमन्त्रीले कैलाश मानसरोवर एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ । उनको साथमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू पनि तिब्बत पुग्दैछन् । यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छिङछोङ सहर आइपुगेका थिए । त्यहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ता गर्नुका साथै कृषि क्षेत्रमा छिङछोङ महानगरले गरेका कार्यहरुबारे जानकारी लिएका थिए ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया