सरकार सुशासनको मार्गचित्र कोर्ने तयारीमा लागिरहेको छ: उपप्रधानमन्त्री खड्का

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको बताएका छन । आज सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सुशासनको विषयमा जोडिएको कार्यक्रम सरकारले ल्याउने तयारी गरिरहेको जानकारी दिएका हुन । कार्यबहाक प्रधानमन्त्री समेत रहेका खड्काले कानुनहरू जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले सरकार आवश्यक कानुनहरू बनाउने तयारीमा लागिरहेको बताए ।
उपप्रधानमन्त्री खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउँदै कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन भइरहेको बताए । उनले सुर्खेत विमानस्थलको धावन मार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको पनि जानकारी दिए ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया