सुरक्षाको माग गर्दै डाक्टर एवम् स्वास्थ्यकर्मी आन्दोलित
चिकित्सकमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । काठमाडौंका विभिन्न अस्पतालवाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलादेखि नयाँ वानेश्वरम्म प्रदर्शन गरेका हुन । बानेश्वर निषेधित क्षेत्र सडकमा प्रवेश गर्न खोजेपछि प्रहरीसंग सामान्य झडप समेत भएको छ ।
सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारमा सग्लन चिकित्सकमाथि कुटपिट भएपनि स्वास्थ्यकर्मी आन्दोलित भएका हुन । प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मीले सुरक्षा दिन नसकेको भन्दै गृह र स्वास्थ्यमन्त्रीको राजीनामा समेत मागेका छन । माग पूरा नभएसम्म आन्दोलन जारी रहने चिकित्सकको भनाइ छ ।
डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग पनि चिकित्सकको छ ।
यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिटपछि चिकित्सक संघले भदौ ३१ गते देशभर अस्पताल बन्द गरेर आन्दोलन गरेका थिए । दोषीलाई कारबाही गर्ने सहमतिपछि चिकित्सक काममा फर्केको केही समयमा पुन अर्को घटना भएको हो ।
प्रतिक्रिया