मलंगवामा कफ्र्यू खुकुलो बनाएपनि जनजीवन अझै प्रभावित
सर्लाहीको मलंगवामा बिहीबार रातिदेखि लगाइएको कफ्र्यू खुकुलो बनाएपनि जनजीवन अझै सामान्य हुन सकेको छैन । बिहानदेखि बेलुकासम्म कर्फ्यु खुला गरिएपनि राति भने कायमै राखिएकाले स्थानीयको दैनिकी सामान्य हुन सकेको छैन । सामाजिक संजालको दुरुपयोग गरेर सामाजिक सद्भाव भड्काउने किसिमका अफवाह फैल्याइएको भन्दै स्थानीयले सामाजिक सदभाव कायम हुनुपर्नेमा जोड दिएका छन ।
असोज ४ गते गणेशको मूर्ति बिसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप भएपछि प्रशासनले अनिश्चितकालिन कफ्र्यू लगाएको थियो । अहिले दिउसो कफ्र्यू हटाएपनि नगर क्षेत्रभित्र कुनै किसिमको भेला, जुलुस, बैठक वा प्रदर्शनमा रोक लगाईएको छ । सामाजिक संजालको दुरुपयोग गरेर सामाजिक सद्भाव भड्काउने किसिमका अफवाह फैलाउनलाई साइवर अपराधमा कारबाहीको तयारी गरिएको छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया