आज १० औँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज (मंगलबार) १० औं राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्र बाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुुुरु भएको हो ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यम बाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थाले पछि योग तिर आकर्षित हुन थालेका छन् ।
स्वास्थ्य लाभ, मानसिक शान्तिका लागि योग अभ्यास गर्ने सङ्ख्या दिन प्रति दिन बढ्न थालेको छ । विश्व योग दिवस जुन २१ मा मनाइन्छ ।
प्रतिक्रिया