फुटपाथ व्यापार परम्परागत नेवारी व्यापार संस्कृतिको अंश: ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले महानगरबाट गरिब नभएर गरिबी लखेट्नुपर्ने बताएका छन । आज दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले फुटपाथ व्यापारलाई व्यवस्थित बताउन सकिने बताएका हुन् । फुटपाथ व्यापारीलाई काठमाडौं महानगरले अमानवीय व्यवहार गरेको, मेयर बालेन्द्र शाह र उपप्रमुख सुनीता डंगोलले चुनावी वाचा बिर्सिएको भन्दै अभियन्ता ईःले अभियान थालेकै समयमा ओलीको पछिल्लो धारणा आएको हो । फुटपाथ हिँड्नकै लागि भएको भन्दै ओलीले परम्परादेखि फुटपाथमा रोजीरोटीका लागि गुजारा व्यापार गरिरहेका मानिसहरूको व्यवस्थापन कसरी गर्ने भन्नेमा ध्यान दिनुपर्ने उल्लेख गरेका छन । फुटपाथ सडक व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश भएको समेत ओलीले स्मरण गराएका छन । ओलीले परम्परागत रूपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक पनि भएको बताएका छन् ।

प्रतिक्रिया