चितवन निकुञ्जका पुष्पा र अन्जली कोशीटप्पु आरक्षमा सारिए

चितवन राष्ट्रिय निकुञ्जबाट दुई गैडा कोशीटप्पु बन्यजन्तु आरक्षका लागि पठाईएको छ । दुई पोथी बच्चा गैडा आज निकुञ्जको मुख्यालय कसराबाट कोशीका लागि पठाईएको हो । निकुञ्जले २०७६ र ७७ सालमा उद्दार गरेका पुष्पा र अन्जली नामका गैडा आज पठाइएको हो । पुष्षालाई २०७६ माघमा र अन्जलीलाई २०७७ फागुनमा आमाबिहिन अवस्थामा उद्दार गरिएको थियो । गैडाको संख्या विस्तारका लागि कोशिटप्पु पठाएको हो ।
एकैठाउ रहदा भवितव्यं र अन्य कारणले एकैपटक नमासियोस भनेर सबैतिर गैडाको बासस्थान फैलाउन लागिएको हो । यी गैडाका लागि प्रजनन समयमा भाले गैडा हस्तान्तरण गरिने निकुञ्जको भनाइ छ । नेपालका निकुञ्ज र बनमा गरि ७ सय ९२ गैडा रहेका छन् । ती मध्ये चितवनमा मात्रै ६ सय ९४ रहेको छन्। केही समय पहिले कोशिटप्पुबाट अर्ना चितवन ल्याइएको थियो । तर ती अर्ना मध्ये केही बाघले खाएको र केही आफै मरिसकेका छन् ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया