चितवन निकुञ्जका पुष्पा र अन्जली कोशीटप्पु आरक्षमा सारिए

चितवन राष्ट्रिय निकुञ्जबाट दुई गैडा कोशीटप्पु बन्यजन्तु आरक्षका लागि पठाईएको छ । दुई पोथी बच्चा गैडा आज निकुञ्जको मुख्यालय कसराबाट कोशीका लागि पठाईएको हो । निकुञ्जले २०७६ र ७७ सालमा उद्दार गरेका पुष्पा र अन्जली नामका गैडा आज पठाइएको हो । पुष्षालाई २०७६ माघमा र अन्जलीलाई २०७७ फागुनमा आमाबिहिन अवस्थामा उद्दार गरिएको थियो । गैडाको संख्या विस्तारका लागि कोशिटप्पु पठाएको हो  । 
एकैठाउ रहदा भवितव्यं र अन्य कारणले एकैपटक नमासियोस भनेर सबैतिर गैडाको बासस्थान फैलाउन लागिएको हो । यी गैडाका लागि प्रजनन समयमा भाले गैडा हस्तान्तरण गरिने निकुञ्जको भनाइ छ । नेपालका निकुञ्ज र बनमा गरि ७ सय ९२ गैडा रहेका छन् ।  ती मध्ये चितवनमा मात्रै ६ सय ९४ रहेको छन्। केही समय पहिले कोशिटप्पुबाट अर्ना चितवन ल्याइएको थियो । तर ती अर्ना मध्ये केही बाघले खाएको र केही आफै मरिसकेका छन् ।

 

प्रतिक्रिया