काठमाडौंको सांस्कुतिक विशेष पर्व इन्द्रजात्रा सुरु
उपत्यकाकै प्राचिन ठुलो सांस्कुतिक विशेष पर्व इन्द्रजात्रा आजवाट सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा मनाइने इन्द्रजात्रा अन्र्तगत आज विहान हनुमानढोका परिसरमा इन्द्रध्वजोत्थान १० बजेर ३९ मिनेटको साइतमा गरेपछि जात्रा औपचारिक रुपमा सुरु भएको हो । नेपाली सेनासमेत सहयोगमा हनुमान ढोकाको कालभैरव क्षेत्रबाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।
सो अवसरमा नेपाली सेनाको शार्दुलजङ्ग गुल्म अर्थात गुरुजुको पल्टनले धिमे बाजासहित मङ्गल धुनको प्रस्तुति गरेको थियो । इन्द्रध्वजोत्थानसँगै आज बिहान वसन्तपुर दरबार क्षेत्रमा देवी नाच पनि प्रस्तुत गरिएको छ । जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत सम्पन्न गरिएको छ ।
इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन बिहीबार कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन राष्ट्रपति रामचन्द्र पौडेल समेत वसन्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम छ । १२ गते शुक्रबार माथिल्लो टोल यात्रा गराइने कार्यक्रम छ । असोज १५ गते सोमबार नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति आठ बजेर ३५ मिनेटको साइतमा इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्रा पुरा हुनेछ । वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले अब बिदा लिनुस् भनी वर्षा अन्त्यको कामना गर्न यो जात्रासँगै विभिन्न देवीदेवताको नाच देखाइने गरेको धार्मिक विश्वास छ ।
प्रतिक्रिया