लस एन्जलसको डढेलोमा मृत्यु हुनेहरुको संख्या २४ पुग्यो,कैयन बेपत्ता

एजेन्सी । अमेरिकाको लस एन्जलसमा डढेलोमा परेर मृत्यु हुनेहरुको संख्या २४ पुगेको छ ।

अमेरिकी संचार माध्यम सीएनएनका अनुसार ६० जनाभन्दा बढी बेपत्ता भएका छन् ।जंगलमा लागेको आगो  तीव्र गतिको हुरीका कारण मानव बस्तीमा फैलिएको थियो । खतरनाक डढेलो निभाउने प्रयास छैठौं दिन पनि जारी रहँदा हावाहुरीकै कारण नियन्त्रणमा आउन सकेको छैन । 

त्यस क्षेत्रमा १० हजारको संख्यामा अग्नि नियन्त्रकहरूलाई खटाइएको छ। बिमानहरुबाट पानी बोकेर आगो नियन्त्रणको प्रयास भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वस्ती सहित ३९ हजार ‘एकड’ भन्दा बढी जमिन जलेर खरानी भएको छ । सयौँ घरहरू ध्वस्त भएका छन्, गाडीहरू जलेका छन्  । लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गरेका छन्  । 

डढेलोको कारण व्यापक क्षति पुगेकोले बिमा अन्तर्गत कभर गरिने कुल सम्पत्ति आठ अर्ब डलर भन्दा बढी हुने अनुमान गरिएको समाचारमा उल्लेख छ । लस एन्जलस काउन्टीमा करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको छ ।  


 

प्रतिक्रिया