ब्राजिलमा पहिरोमा परी १० जनाको मृत्यु

एजेन्सी । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा मुसलधारे वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको मिनास गेरैस राज्यको उद्धार निकायले आइतबार जनाएको छ ।
शनिबार राति इपाटिङ्गा शहरमा एक घण्टाभित्रै करिब ८० मिलिमिटर वर्षा भएको थियो जसका कारण उक्त क्षेत्रमा पहिरो गएको थियो । पहिरोले घरहरू भत्काएको र भग्नावशेषमुनि फेला परेका आठ वर्षीय बालकसहित हालसम्म नौ जनाको मृत्यु भएको छ ।
उद्धार टोलीले नजिकैको सान्ताना डो पाराइसो शहरमा अर्को मृत शरीर फेला परेको बताएको छ । आइतबार साँझसम्म पहिरोमा परी एक जना वेपत्ता भएका र चार जनाको उद्धार गरिएको छ ।
मिनास गेरैस राज्यका गभर्नर रोमेउ जेमाले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै पहिरोमा परिवारका सदस्य र आफन्त गुमाएका व्यक्तिहरूको दुःखमा सरकार रहने भन्दै समवेदना प्रकट गरेका छन् ।

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया