राष्ट्रपति, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले गरे निर्माणाधीन संसद् भवन अवलोकन
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणधीन संसद भवनको अवलोकन गरेका छन्। आइतबार दिउँसो सिंहदरबार पुगेर राष्ट्रपति पौडेलसँगै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल पनि निर्माणधीन संसद भवनको अवलोकन गरेका हुन्।
सिंहदरबारको पुतली बगैंचा रहेको ठाउँमा १७३ रोपनी क्षेत्रमा संघीय संसद भवन निर्माणको काम भइरहेको छ।
सरकारले अहिले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको छ ।
संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी ६ अर्बभन्दा बढी रकम खर्च गरेर १२ वटा ब्लक सहितको भव्य संरचना निर्माण भैरहेको छ । परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधि सभा र राष्ट्रियसभा रहनेछ ।
प्रतिक्रिया