चीनसँग ऋणसम्बन्धी कुनै पनि सम्झौता भएको छैन: परराष्ट्रमन्त्री राणा
हजारौँ पटक अध्ययन गरेर मात्रै सम्झौता गरेको दाबी
काठमाडौ। परराष्ट्रमन्त्री आरजु राणाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ ‘बीआरआई’ सम्झौतामा ऋण भन्ने शब्द नै नरहेको स्पष्ट पारेकी छन्। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री राणाले बीआरआईमा हस्ताक्षर गर्ने बित्तिकै ऋण लिनै पर्छ भन्ने बाध्यात्मक अवस्था नरहेको बताएकी हुन। सम्झौताबारे सांसदहरुले प्रश्न उठाएपछि परराष्ट्र मन्त्री राणाले हजारौँ पटक अध्ययन गरेर मात्रै सरकारले सम्झौता गरेको दाबी समेत गरिन ।
सत्तारुढ दल कांग्रेसका साथै अन्य सांसदहरुले पनि बैठकमा बीआरआईमा ऋण लिने गरी हस्ताक्षर गरिएको भन्दै संसदीय समितिमा प्रश्न उठाएका थिए।
छलफलमा सांसदहरुले प्रधानमन्त्री ओलीलाई संसदीय समितिमा बोलाएर बीआरआई सम्झौताबारे सोध्नुपर्ने, बीआरआईका कागजात आधिकारिक रूपमा दिनुपर्ने बताएका थिए।
प्रतिक्रिया