ओली नेतृत्वको सरकार गलत बाटोमा हिँड्न खोज्यो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गलत बाटोमा हिँड्न खोजेको बताएका छन् ।

नेपाली जनसम्पर्क समिति बेलायतले लण्डनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले संसद सुचारु नगरेर अध्यादेश ल्याएको भन्दै विरोध जनाए । उनले कांग्रेस र एमाले दुई ठूला दल मिलेपछि अब लोकतन्त्र के हुन्छ ? चिन्ता लागिरहेको बताए ।

उनले भने, ‘अहिले फेरि पनि अध्यादेश आएको छ । संसद बोलाएर चल्नुपर्ने बेलामा अध्यादेश ल्याउनुपर्ने जरुरत थिएन । पटक्कै थिएन । अहिले आएको अध्यादेश यस्तो जरुरी पनि होइन कि सरकारको कामै रोक्ने पनि होइन । हामीले संसदीय प्रणालीमा अघि बढेरहेका छौं । तर, काम चाहिँ निरंकुशतातिर अघि बढेको छ कि भन्ने डर भइरहेको छ । त्यो अध्यादेश ल्याएर कांग्रेसलाई अप्ठ्यारो पारिदिने, किनभने हामी त लोकतान्त्रिक पार्टी हौं नि !’

उनले प्रधानमन्त्री र ऊर्जामन्त्री कुलमान घिसिङविरुद्ध लागेको भन्दै आलोचना गरे । उनले हरेक दुई–दुई महिनामा सरकार परिवर्तन हुँदै गएपछि स्थायित्वका लागि एमालेसँग ७ बुँदे सहमति गरेर अघि बढेको भएपनि कार्यान्वयन प्रक्रिय अघि नबढेकोप्रति असन्तुष्टि जनाए ।

प्रतिक्रिया