धरान एक्स्पोबाट कृषि उत्पादनमा टेवा
काठमाडौं । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको धरान एक्स्पोबाट कृषि उत्पादनमा टेवा पुगेको छ ।
व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले शुरु भएको एक्स्पोमा हस्तकलाका सामग्री, वैज्ञानिक कृषि पद्दति तथा स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्राथमिकता दिइएको आयोजकको भनाइ छ । प्रदर्शनीले व्यापार व्यावसायी र आर्थिक चलायमान गर्ने अपेक्षा छ ।
पुष २५ गतेबाट शुरु भएको धरान एक्सपो माघ ५ गतेसम्म सञ्चालन हुनेछ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको एक्स्पोमा १ सय ४२ वटा स्टल राखिएको छ ।
जसमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन तथा कोसी प्रदेशका १४ जिल्लाका व्यवसायीहरूको सहभागिता छ । आयोजकले एक्स्पोबाट १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा राखेका छन ।
प्रतिक्रिया