नेपाल सरकारका १५  सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल सरकारका १५ जना सचिवको सरुवा भएको छ । 

स्रोतका अनुसार गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको १५ जना सचिवहरुको सरुवा गरेको हो । मन्त्रिपरिषदको निर्णय भने बाहिर आइसकेको छैन । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका सचिव कृष्णहरि पुष्कर कर्णलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।चुडामणि शर्मा पौडेल र सुमनराज अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । 

स्रोतका अनुसार लक्ष्मी कुमारी बस्नेतको महिला बालबालिका तथा जेष्ठ नागरिक  मन्त्रालयमा सरुवा भएको छ । यस्तै विनोद सिंहको पर्यटन, गणेश पाण्डेको महालेखा नियन्त्रक कार्यालय, दिनेश भट्टराईको उपराष्ट्रपति कार्यालय, रविलाल पन्थको संघीय मामिला, भरतमणि सुवेदीको निर्वाचन आयोगमा सरुवा भएको छ ।

हरि लम्सालको युवा तथा खेलकुद मन्त्रालय, लोकनाथ पौड्यालको कर्णाली प्रदेश, महादेव पन्थको बागमती प्रदेश, मुकुन्द प्रसाद निरौलाको सार्वजनिक खरिद अनुगमन कार्यालय, बाबुराम अधिकारीको लुम्बिनी प्रदेश र मदन भुजेलको मधेस प्रदेशमा सरुवा भएको छ ।
 

प्रतिक्रिया