सर्‍यो माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौं । सोमबार दिउँसो बस्नेगरी तय भएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्ने भनिएको बेठकमा केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी दिने विषयमा गृहकार्य नपुगेकाले बैठक सरेको हो ।

बैठक अब बुधबार (माघ २) गते मात्रै बस्ने भएको छ । पार्टीको पछिल्लो पटक बसेको केन्द्रीय समिति (पुस २१ देखि २३ ) पछि बस्न लागेको यो पहिलो पदाधिकारी बैठक हो ।

बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ । नेताहरूको कार्यविभाजन बाहेक अन्य विषयमा छलफल नहुने र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई जिम्मेवारी दिनेबारे भने अहिले केही निर्णय नहुने बताइएको छ । 

प्रतिक्रिया