अजरबैजान र अर्मेनियाको सीमामा जारी तनावकाबीच हजारौँ मानिस विस्थापित

अजरबैजान र अर्मेनियाको सीमा क्षेत्रमा जारी तनावकाबीच हजारौँ मानिस विस्थापित भएका छन् । अजरबैजान र अर्मेनिया दुवैले दाबी गर्ने गरेको नागोर्नाे–काराबाख क्षेत्रमा भएको लडाईँपछि हालसम्म साढे ८ हजार बढी मानिस विस्थापित भइसकेका छन ।  यसै हप्ता उक्त क्षेत्रमा भएको लडाईँमा दुई सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो ।  कयौँ मानिस घाइते भएका थिए । अर्मेनियाली जनजातिहरुको बाहुल्य रहेको नागोर्नो–काराबाखमा भएको लडाईँमा अजरबैजान हाबी भएपछि त्यहाँका आदिवासीहरु थातथलो छोडेर भागेका हुन । सो झण्डै १ लाख २० हजार मानिसको बसोबास रहेको छ । अर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यानले सो क्षेत्रमा अजरबैजानले जातीय सफाया चलाएको आरोप लगाएका छन । यसैबीच विस्थापितहरु भागिरहेको समयमा एक पेट्रोल पम्पमा शक्तिशाली विस्फोट भएको छ । घटनामा २ सयभन्दा धेरै घाइते भएका छन । केहीको अवस्था गम्भीर रहेको छ । आक्रमणको जिम्मा कसैले लिएको छैन । नागोर्नो–काराबाख छोडिरहेका व्यक्तिहरु आफ्ना सवारी लिएर पेट्रोल पम्पमा इन्धन भर्न जम्मा भएको समयमा विस्फोट भएको हो । 

प्रतिक्रिया