महोत्तरीको बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालले स्थापनाको १५औं वार्षिक उत्सव
काठमाडौं । मधेश प्रदेशको स्वस्थ्य क्षेत्रमा नयाँ आयाम थपेको महोत्तरीको बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालले स्थापनाको १५औं वार्षिक उत्सव मनाएको छ ।
स्थापना भएको डेढ दशकको अवधिमा अस्पतालमा तीन लाख २५ हजारभन्दा बढी विरामले उपचार गराएको अस्पताल ब्यवस्थापनले जनाएको छ । अस्पतालमा महोत्तरीसहित सिन्धुली, उदयपुर, सिरहा, सप्तरी, रौतहट, सर्लाही, धनुषादेखि भारतसम्मका विरामी आउने गरेका छन् ।
आधारभूत र आकस्मिक सेवा दिने उद्देश्यले २०६६ साल असोज स्थापित अस्पतालले शुरुमा पोलि क्लिनिक सेवा सञ्चालनमा ल्याएको थियो । सेवा प्रवाह स्तरीय र भरपर्दो हुदै गएपछि अहिले अस्पतालमा १०० शैय्या रहेका छन् । ०८०\८१ देखि सीटीइभीटबाट सम्वन्धन लिएर स्टाफ नर्सको पठनपाठन सुरु भएदेखि यसको सेवा थप विस्तार भएको हो ।
प्रतिक्रिया