राहत शिक्षकद्वारा काठमाडौंको सडकमा सुतेर प्रदर्शन
सरकारसँग भएको ७ बुँदे सहमति अमान्य रहेको भन्दै राहतका शिक्षकले आन्दोलन जारी राखेका छन् । सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफ्नो माग समाधान नगरेको भन्दै आन्दोलन नरोकेका उनीहरूले आज बबरमहल–माइतीघर सडकमा सुतेर विरोध जनाएका हुन् । बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित भएर आन्दोलन गरिरहेका थिए । तर, सरकारसँगको सहमतिमा आफ्ना एजेण्डा सुनुवाइ नभएको राहत शिक्षकहरुको भनाइ छ । सरकारसंग भएको सहमतिमा ५० हजार राहत शिक्षकको माग सम्बोधन नगरेपछि आन्दोलन जारी राखेको शिक्षकहरु बताउँछन् ।
राहत शिक्षक संघर्ष समिति र पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष सिमिति बालबिकास केन्द्रमा आबद्ध शिक्षकहरुले आन्दोलन जारी राख्ने बताएका छन् । सरकार र शिक्षक महासंघले आफूहरुले उठाएका माग सम्बोधन गर्न उदासीन रहेको भन्दै उनीहरुले सहमति नमान्ने घोषणा गर्दै आन्दोलन अगाडि बढाएका छन् । उनीहरुले माइतीघर मण्डलादेखि बानेश्वर सम्म पुगेर कोण सभा गरेका थिए ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया