रवि लामिछाने काठमाडौं प्रहरी परिसरको हिरासतमा रहने
काठमाडौं । थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाइएको छ ।
आइतबार बिहानै अदालतमा उपस्थित भएका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । लामिछानेको जिल्ला न्यााधीश माधव अधिकारीको इजलासमा बयान भएको थियो । बयान सकिएर थुनछेक बहस गर्न लामिछाने पक्षका अधिवक्ताहरु अदालत पुगेका थिए । तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनि इजलासमा उठाएपछि न्यायाधीशले अधिकारीले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश आदेश गरेका थिए ।
काठमाडौंको कालिमाटी स्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी आज जिल्ला अदालतमा हाजिर भएका थिए । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछाने पुस २६ गते साँझ काठमाडौं आइपुगेका थिए । न्यायाधीश अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनी हिरासतमा गएका हुन् । लामिछाने प्रहरी परिसर काठमाडौँको हिरासतमा रहनेछन् । काठमाडौं जिल्ला अदालतको आदेश लगत्तै उनलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा लगिएको हो ।
लामिछाने विरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ ।ती जिल्लामा पनि उनी विरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ ।
प्रतिक्रिया