मलंगवामा चार दिनदेखि लगाइएको कर्फ्य बिहान बेलुका खुला
सर्लाही सदरमुकाम मलंगवामा बिहीबार रातिदेखि अनिश्चितकालका लागि लगाइएको कर्फ्यु आजबाट केही खुकुलो बनाइएको छ । बिहानदेखि बेलुकासम्म कर्फ्यु खुला गरिएपनि राति भने कायमै राखिएको छ ।असोज–४ गते गणेशको मूर्ति बिसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप भएपछि कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले मलंगवामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो । लामो समयको कर्फ्युले जनजीवन प्रभावित भएकाले आज सुरक्षा समितिको बैठक बसेर केही खुकुलो बनाउने निर्णय गरिएको हो । प्रशासनका अनुसार बिहानदेखि बेलुकासम्म खुला गरिएपनि साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु कायमै रहने छ । तर सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै दिउँसोभरि साबिकको नगर क्षेत्रभित्र कुनै किसिमको भेल, जुलुस, बैठक वा प्रदर्शन भने गर्न नपाइने प्रशासनले जनाएको छ । सामाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने किसिमका अफवाहहरु फैलाउनेविरुद्ध साइबर अपराध गरेको अभियोगमा कारबाही गर्ने समेत सु्रक्षा समितिले गरेको छ ।
प्रतिक्रिया