राष्ट्रपति पौडेलद्धारा जानकी मन्दिरको दर्शन तथा पूजा अर्चना

राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक जनकपुरधाम आएका राष्ट्रपति पौडेलले करिब ४० मिनेट जानकी मन्दिरमा पूजा अर्चना गरेका थिए । माता जानकीको पूजाआजासँगै उनले सीताराम संकिर्तनमा समेत सहभागिता जनाएका थिए । राष्ट्रपति पौडेलले जनकपुरधाम उपमहानगरपालिकाले व्यवस्था गरेको कपडाको चप्पल लगाएर जानकी मन्दिरको दर्शन तथा पूजा गरेको भन्दै आलोचना भएको छ । जानकी मन्दिरमा पूजा अर्चनापछि उनले प्रदेश प्रमुख हरिशंकर मिश्रसँग भेटघाट गरेका छन । आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उदघाटन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा उनलाई जनकपुरधाम उपमहानगरपालिले नागरिक अभिनन्दनको तयारी समेत छ । नागरिकता विधेयक प्रमाणीकरण गरेपछि मधेशी जनतामाथि ठूलो गुण लगाएकाले उपमहानगरले नागरिक अभिनन्दन गर्न लागेको नगरपालिकाले जनाएको छ । उपमहानगरले अभिनन्दन पत्रसहित अभिनन्दन गर्नुका साथै जानकी मन्दिरको प्रतिक उपहार प्रदान गर्ने बताइएको छ । 
 

प्रतिक्रिया