जुम्लामा अनलाइन बाट नागरिकता सिफारिस

जुम्ला । जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइन मार्फत सिफारिस सेवा शुरुआत हुने भएको छ । 

आगामी माघ देखि जिल्लाका आठ वटै स्थानीय तहमा यो सेवा शुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए । 

यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुख सँग बैठक गरी अनलाइन बाट सिफारिसका विषयमा छलफल भइसकेको छ ।

प्रमुख जिल्ला अधिकारी शाहीले भने,“गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली मार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । अनलाइन प्रणाली बाटै नागरिकताको सिफारिस दिन सकिन्छ । यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइने छ । ”
रासस 

प्रतिक्रिया