इजरायलले गाजामा गरेको आक्रमणमा परी ८ जनाको मृत्यु
एजेन्सी । इजरायलले गाजामा गरेको आक्रमणमा २ जना बालक सहित ८ जना मारिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम वार्ता अघि बढाउन कतारमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएकै दिन सेनाले गाजाका स्कुल र घरहरुमा आक्रमण भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उत्तरी गाजामा विस्थापित प्यालेस्टाइनीहरुको आश्र यस्थल रहेको स्कुलमा इजरायलले गरेको आक्रमणमा परी ८ आठ जनाको मृत्यु भएको हो । नयाँ सिरा बाट युद्धविराम गरिनुपर्ने दबाब बीच उत्तरी गाजाको जबालिया अल बलाद क्षेत्रमा जैनब अल वजीर स्कुलमा एक इजरायली आक्रमणमा २ जना महिला र २ बच्चा सहित ८ जना नागरिक मारिएका हुन् ।
यसरी आक्रमण हुँदै गर्दा इजरायलले सम्भावित युद्धविरामको कुराकानीका लागि कतार प्रतिनिधि पठाएका छन । गाजाको छिमेकी शहर दाराजमा एक घरमा भएको आक्रमणमा ४ जना प्यालेस्टाइनी मारिएका र कयौँ घाइते भएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया