अविरल बर्षाले कैलालीको धनगढीका अधिकांश क्षेत्र डुवानमा
डुवानले सेती प्रादेशिक अस्पतालका विरामी समेत प्रभावित
कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन । वर्षाका कारण धनगढीस्थित सेती प्रादेशिक अस्पताल क्षेत्र पनि डुवानमा परेको छ । भुइँतलामा रहेका अस्पतालको वार्डभित्रै पानी पसेपछि बिरामीहरू प्रभावित भएका छन् ।
अस्पतालको प्रसूति वार्ड र अपरेशन कक्षमा बाढी पसेको छ । वार्डहरुमा बाढी पसेपछि बिरामीलाई सास्ती भएको हो । बाढीका कारण धनगढी बजारको मूख्य सडक क्षेत्र पनि डुवानमा परेको छ । धनगढीका वडा नम्बर १, ३ र ४ मा डुवान बढी भएको उपमहानगरपालिकाले जनाएको छ । अविरल वर्षाका कारण जलसतह बढेपछि आवतजावतमा समस्या भएको छ । धनगढीमा सडक निर्माण कार्य जारी रहेको साथै पानीको सहज निकास नहुँदा एकै रातको पानीले धनगढीको मुख्य क्षेत्र जलमग्न भएको हो । निर्माण तथा विस्तारको काम भइरहेको सडकमा पानीको निकास नहुँदा वरपरका पसल तथा घरमा बाढी पसेको स्थानीयको गुनासो छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया