अविरल बर्षाले कैलालीको धनगढीका अधिकांश क्षेत्र डुवानमा

डुवानले सेती प्रादेशिक अस्पतालका विरामी समेत प्रभावित

कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन । वर्षाका कारण धनगढीस्थित सेती प्रादेशिक अस्पताल क्षेत्र पनि डुवानमा परेको छ । भुइँतलामा रहेका अस्पतालको वार्डभित्रै पानी पसेपछि बिरामीहरू प्रभावित भएका छन् । 
अस्पतालको प्रसूति वार्ड र अपरेशन कक्षमा बाढी पसेको छ । वार्डहरुमा बाढी पसेपछि बिरामीलाई सास्ती भएको हो । बाढीका कारण धनगढी बजारको मूख्य सडक क्षेत्र पनि डुवानमा परेको छ । धनगढीका वडा नम्बर १, ३ र ४ मा डुवान बढी भएको उपमहानगरपालिकाले जनाएको छ ।  अविरल वर्षाका कारण जलसतह बढेपछि आवतजावतमा समस्या भएको छ । धनगढीमा सडक निर्माण कार्य जारी रहेको साथै पानीको सहज निकास नहुँदा एकै रातको पानीले धनगढीको मुख्य क्षेत्र जलमग्न भएको हो । निर्माण तथा विस्तारको काम भइरहेको सडकमा पानीको निकास नहुँदा वरपरका पसल तथा घरमा बाढी पसेको स्थानीयको गुनासो छ । 
 

प्रतिक्रिया