एसियन गेम्समा १८ वटा देशले पदकको खाता खोले

चीनको हाङ्जाउमा जारी १९औं एसियाली खेलकुद एसियन गेम्समा अहिलेसम्म १८ वटा देशले पदकको खाता खोलेका छन् ।  आज विहानसम्म २० स्वर्णका साथ चीन पहिलो स्थानमा कायम छ । चीनले २० स्वर्ण, ७ रजत र ३ कास्यसहित ३० स्वर्ण जितेको छ ।  चीनपछि दक्षिण कोरियाले १४ पदक जितेको छ । कोरियाले ५ स्वर्ण, ४ रजत र ५ कास्य पदक जितेको छ । जापानले २ स्वर्ण, ७ रजत र ५ कास्य गरी १४ पदक जितेको छ । हङकङले २ स्वर्ण र ५ कास्य गरी ७ पदक जितेको छ। उज्वेकिस्तानले १ स्वर्ण, ३–३ रजत र कास्य गरी ७ पदक जितेको छ । चाइनिज ताइपेइले १ स्वर्ण, १ रजत, २ कास्य गरी ४ पदको जितेको छ । भारतले भने अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । भारतले ३ रजत र २ कास्य गरी ५ पदक जितेको छ । इन्डोनेसियाले १ रजत र ३ कास्य गरी ४ पदक जितेको  छ । मंगोलियाले १ रजत र २ कास्य गरी ३ पदक जितेको छ । इरानले १ रजत र १ कास्य गरी २ पदक जितेको छ । कजाकस्तान १ रजत र १ कास्य गरी २ पदक जितेको छ । 

प्रतिक्रिया