क्षुद्रग्रहबाट नमूना लिएर नासाको यान पृथ्वीमा फर्कियो
पृथ्वी नजिकैको क्षुद्रग्रहबाट नमूना लिएर नासाको यान पृथ्वीमा फर्किएको छ । छुद्रग्रहबाट फर्किकएको यान उटाह मरुभूमिमा अवतरण गरेको हो । यो अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पहिलो क्षुद्रग्रह नमूना फिर्ता मिशन हो । जसको माध्यमबाट हाम्रो ग्रह र सौर्यमण्डल कसरी बन्यो भनेर जान्न अपेक्षा गरिएको छ । साथै ती जीवहरूको उत्पत्ति कसरी भए जसका कारण पृथ्वीमा जीवन सम्भव भयो भन्ने पनि अध्ययन हुनेछ । नासाको ओसिरिस आईएक्स अन्तरिक्ष यान सन् २०२० मा बेनु क्षुद्रग्रहको सतहमा अवतरण भएको थियो । त्यसपछि यानले क्षुद्रग्रहबाट चट्टान र धुलोका नमूनाहरू संकलन गरेको थियो । आइतबार सो यान क्षुद्रग्रहको सामग्री सहितको नमूना लिएर पृथ्वीमा फर्किएको हो ।।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया